Tilak KC and Bala Ghimire are the Front runner in NRNA NCC USA Tilak KC and Bala Ghimire are the Front runner in NRNA NCC USA
May 12, 2019
न्युयोर्क
एनआरएन अमेरिकाको चुनावी रङमा अब शिकागो पनि सामेल भएको छ। मध्यपश्चिम अमेरिकाको यो महानगरबाट दुईजना अगुवा नेपालीले एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि दुई भिन्न पदमा आफूलाई प्रस्तुत गरेका छन्।
उम्मेद्वारी घोषणा समारोह नै आयोजना गरी उम्मेद्वारी घोषणा गर्ने उम्मेद्वार हुन् वाला घिमिरे र तिलक केसी । घिमिरेले मध्यपश्चिम क्षेत्रको उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दिएका छन् भने केसीले बोर्ड अफ डाइरेक्टरमा ।
केही समयअघि देखि नै सामाजिक सञ्जालमार्फत अनौपचारिक रूपमा उम्मेद्वारी चर्चामा ल्याएका उनीहरूले घोषणा समारोह आयोजना गरी आआफ्नो उम्मेद्वारीलाई औपचारिकता प्रदान गरेका हुन् ।
घिमिरे प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। शिकागो सिटीको मेयरका बोर्ड एड्भाइजरी कमिटीका सदस्य रहेका घिमिरे नेपालका पर्यटनदूत पनि हुन्। उनी एक सफल व्यवसायी मानिन्छन्। उनले एनआरएन अमेरिका र एनआरएनएका विभिन्न समिति र टास्क फोर्समा रहेर एनआरएन अनुभव हासिल गरिसकेका छन् ।
एनआरएन अमेरिकामा विभिन्न क्षेत्र प्रतिनिधि गर्ने चारजना उपाध्यक्ष हुन्छन्। घिमिरेले मध्यपश्चिम क्षेत्रका लागि उपाध्यक्षको दावी गरेका हुन्। अहिले राधा पौडेल यस क्षेत्रका लागि उपाध्यक्ष रहेकी छिन् । घिमीरेको उम्मेदवारीले एनआरएन अमेरिकामा नयां तरंग ल्याएको छ । बिभिन्न संस्थामा काम गरेर राम्रो पहिचान बनाएका घिमीरेलाई बिभिन्न क्षेत्रका ब्यक्तीहरुले समर्थन गर्ने क्रम बढिरहेको छ । घिमीरे यसै क्षेत्रको पुरानो संस्था एन्माका निर्वतमान अध्यक्ष भएकोले पनि उनको यस क्षेत्रका नेपाली बिच राम्रो सम्बन्ध छ । गत बर्ष अमेरिकामा रहेका नेपालीहरुका तिन वटा ठुला संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्लेनको नेतृत्व गरेर एकताको सन्देश दिएका घिमीरे एनआरएनए सबै नेपालीको साझा संस्था बनाउनुै मुख्य एजेण्डा ठानेका छन् ।
यसैगरी बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिएका केसी एनआरएन अमेरिकाको टास्क फोर्समा काम गरेका , स्थानीय रुपमा नेपाली भाषा र समुदायको हितका लागि राम्रो काम गरेका ब्यक्ती हुन् । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहदै आएका केसी एक सामाजिक व्यक्तित्व हुन् । नेपालमा रंहदा प्राध्यापक पेशामा रहेका बौद्धिक ब्यक्तीत्व केसी अमेरिकामा आए पछि ब्यवसायीक क्षेत्रमा पनि सफल ब्यक्ती हुन् । मिडवेस्ट क्षेत्रका नेपालीको पुरानो संस्था एन्माका उपाध्यक्ष रहेका केसीलाई धेरै नेपाली समाजका अगुवाहरुको साथ रहेको देखिन्छ ।
एनआरएन अमेरिकाको कार्यसमिति सदस्यलाई बोर्ड अफ डाइरेक्टर भनिन्छ। कार्यसमितिमा अमेरिकाभरिबाट ११ जना बोर्ड अफ डाइरेक्टर निर्वािचत हुने वैधानिक प्रावधान छ। केसीले तिनै बोर्ड अफ डाइरेक्टरमध्ये एक पदको दावी गरेका हुन् ।
अमेरिकामा एनआरएन अमेरिकाको चुनाव सामाजिक सञ्जालखासगरी फेसबुकमा धेरै अगाडिदेखि लागिसकेको छ। तर, औपचारिक कार्यक्रमको आयोजना गरेरै उम्मेट्वारी दिने भने थोरै छन्। यसअघि टेक्सासमा सुनील साह र डा. अर्जुन बन्जाडे र न्युयोर्कमा सञ्जय थापाले कार्यक्रम नै आयोजना गरी उम्मेद्वारी घोषणा गरेका थिए। घिमिरे र केसीले त्यही क्रमलाई शिकागोमा निरन्तरता दिएका हुन् । संयुक्त रूपमा उम्मेद्वारी घोषणा गर्ने क्रममा चाहिं यो जोडी पहिलो भएको छ।
उनीहरूको उम्मेद्वारीलाई शिकागोको नेपाली डायस्पोराका अगुवाहरूले समर्थन गरेका छन्। नेपालीहरूको निक्कै ठुलो संख्या भएको शिकागोबाट समुदायका अग्रजहरूले नै उम्मेद्वारी दिएकाले एनआरएन अमेरिकामा स्थानीय प्रतिनिधित्वको लागि पनि उनीहरूलाई जिताउनुपर्ने धारणा उनीहरूले राखेका छन्। उनीहरूले स्थानीय नेपाली समुदायलाई सबै किसिमका आग्रह, पूर्वाग्रह, वाद, विचार, झण्डा, जातजाति, भाषाभाषीभन्दा माथि उठेर उम्मेद्वारहरूलाइ इन्डोर्स गर्न पनि आग्रह गरेका छन् । घोषणा कार्यक्रममा भ्रष्टाचार बिरोधी अभियान्त हेम पाठक, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, शिकागो नेपाली फ्रेण्डसीप सोसाईटिका अध्यक्ष टेकराज पौडेल, एन्मा अध्यक्ष बलराम पन्थी लगायतका नेपाली समुदायका अगुवाहरुले दुबै उम्मेदवारहरु निकै सक्षम भएको भन्दै सबैलाई सहयोगका लागि आब्हान समेत गरेका थिए ।